काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सो पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको छ ।
प्रतिक्रिया