काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराका लाई बयानका लागि बोलाएको छ ।
बयानका लागी राहुललाई उपस्थित गराउन आयोगले केन्द्रीय कारागारमा पत्राचार गरेको हो । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा संलग्न प्रतिवादी राहुल अहिले पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन् ।
आयोगका पदाधिकारीहरूले अहिलेसम्म तस्करीमा संलग्न १० जनाको बयान लिएका छन् ।
प्रतिक्रिया