काठमाडौं । रुसी सेनामा गएका ६ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत अहिलेसम्म ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको हो ।
ज्यान गुमाउनेमा गोरखाका सन्दीप थपलिया, कपिलबस्तुका ,रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् ।
नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा भर्ती हुनका लागि हिजोमात्रै नयाँ दिल्ली हुँदै दुई समूहमा नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् । प्रधानमन्त्रीले युक्रेनी सेनामा पनि नेपाली भर्ती भएको सूचना रहेको बताए ।
प्रतिक्रिया