देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पबाट घर भत्किएका परिवारलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराइने घोषणा गरेका छन् । सोमबार मुलधारका सञ्चार माध्यमका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थायी आवास निर्माणमा रकम थोरै भएको गुनासो आइरहेकोले सरकारले एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने बताए ।
अस्थायी आवास बनाउन समस्या भएकाहरुको हकमा प्रहरी र सेनाले आवास बनाउनका लागि सहयोग गर्ने पनि उनले बताए ।
त्यसक्रममा प्रधानमन्त्रीले प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’को नियन्त्रणमा रहेका भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको जानकारी दिएका थिए । उनले जोशीलाई रिहा गर्ने विश्वास दिलाइएको पनि जनाए ।
सरकार आफैँ गएर ल्याउन सकिने अवस्था नभएको तर सरकारले यसबारे पहल गरिरहेको उनको भनाई थियो ।