काठमाडौं । सहकारीको रकम हिनामिना आरोपमा पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म छन् ।
जिल्ला अदालत कास्कीले प्रहरीलाई पुर्जी पठाइसकेको र आरोपीहरूको खोजी सुरु भैसकेको प्रहरीले जनाएको छ । सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरू र सल्लाहकारसहित ३० जना विरुद्ध पुर्जी जारी भएको हो ।
प्रतिक्रिया