काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बोलाइएको छ । पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्नका लागि बैठक आह्वान गरिएको हो ।
आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय भए पनि राष्ट्रियसभा निर्वाचनका कारण नयाँ मिति टुंगो लगाउनुपर्ने अवस्था आएको नेकपा एस ले जनाएको छ ।
पार्टीको संरचना र कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने र नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ । बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल हुने जनाएको छ ।
प्रतिक्रिया