देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री स्वदेश फिर्ता

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८)मा भाग लिएर आइतबार बेलुका उनी स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।

शनिबार सो सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै उक्त अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते दुबईतर्फ प्रस्थान गरेका थिए ।