काठमाडौं । मूल कम्पनी हुँदै एनसेल र स्वामित्व मलेसियाको प्रतिष्ठित कम्पनी आजियटा लिएर सञ्चालन गर्दा पनि सबैभन्दा बढी कर तिर्नेदेखि लिएर लाभांश कर छलीसमेतको विषयमा सदैव विवादित, डेढ करोडभन्दा बढी ग्राहक संख्या भएको कम्पनी किनेकोभन्दा ९५ प्रतिशतभन्दा कम मूल्यमा दुई महिना अगाडि मात्र दर्ता भएको कम्पनीलाई सम्पूर्ण सेयर (८० प्रतिशत) बिक्री गरेपछि पुनः एकपटक नेपालको दूरसञ्चार व्यवसायमा ठूलो विवादमा परेको छ ।
२० प्रतिशत सेयर हालका नयाँ साझेदार नेपाली मूलका सिंगापुरियन (एनआरएनए) नागरिक सतिशलाल आचार्य श्रीमती भावनासिंह श्रेष्ठ एकल सञ्चालक रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा पहिले नै थियो भने हाल ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको कम्पनी स्पेक्टलाइट यूकेलाई आजियटाले बेचेपछि अब एनसेल शतिशलाल परिवारको एकलौटी कम्पनी भएको छ । तर पुराना विवाद यथावत् रहेकै अवस्थामा यो किनबेच प्रकरणले अरू धेरै विवाद निम्त्याउने निश्चित देखिएको छ भने आजियटा कम्पनीले ‘गुन्द्रुकको भाउमा’ बेचेर बहिर्गमन हुनुलाई रहस्यमय रूपमा लिइएको छ ।
प्रतिक्रिया