देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जना थुनामा

देशान्तर

मंसिर, काठमाडौं । चीनबाट दोलखा हुँदै ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । तीनजनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएएको छ ।
आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो । यही ११ किलो सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो ।
जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार नौ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र तीन जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।