काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा ओलीले सरकार हल्लिरहेको र कुनै समय आफैँ ढल्न सक्ने बताएका हुन् ।
ओलीले बर्तमान सरकार खुट्टा भएको सरकार नभएको र गठबन्धनको छेस्काहरूले अड्याएको जिकिर गरे । सरकारसँग कुनै सिद्धान्त, कार्यक्रम नरहेको भन्दै उनले कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप लगाए ।
प्रतिक्रिया