देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि दास र रैती हुन सकिदैन : ओली

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई विभाजित गर्न खोजिएको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले पहिचानको मुद्दा सबैभन्दा बढी एमालेले सम्बोधन गरेको जिकिर गरे ।
उनले विश्व धेरै अघि बढ्दा नेपाल भने ओरालो लागिरहेको बताए ।
त्यसक्रममा ओलीले फेरि दास र रैती हुन नसकिने बताए । उनले गणतन्त्रको विरोध गर्ने दुस्साहस भइरहेको बताए । जनतामा अन्योल र निराशा बढेकाले प्रतिगामी शक्ति टाउको निकालेर सलबलाउन खोजेको उनको भनाइ छ ।