देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 परिवर्तित उडान तालिकाबारे सबै यात्रुलाई खबर गरेका थियौँ : नेपाल एयरलाइन्स

देशान्तर

काठमाडौं । नेपाल एयरलाइन्सले फ्लाइट सारेको विषयमा सबै यात्रुलाई खबर गरिएको दाबी गरेको छ । उडान तालिका परिवर्तन हुँदा ३१ यात्रु छुटेको विषयमा एयरलाइन्सले सबै यात्रुलाई खबर गरिएको दाबी गरेको हो ।

बुधबार राति ११ः३० को फ्लाइट ९ः३० बजे हुँदा ३१ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेका थिए । उडान छुटेर रोकिएका यात्रुलाई जतिसक्दो चाँडो पठाउने तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।