देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत

देशान्तर

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । प्रदेशसभाको आजको बैठकले बजेट पास गरेको हो । यसअघि, अध्यादेशमार्फत एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट ल्याएका थिए । अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयधमार्फत संशोधनसहित पारित भएको हो ।

चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस भएको थियो । यो अघिल्लो सरकारले ल्याएको बजेटभन्दा बजेट ५० करोड बढी हो । बजेटसम्बन्धी विनियोजन अध्यादेश प्रतिस्थापन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेस गरेका थिए । त्यसमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाबारे मंगलबार मुख्यमन्त्री कार्कीले जवाफ दिए ।