देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टी बहुलवादी लोकतान्त्रिक पार्टी

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी घोषणा गरेको छ । स्थापनादेखि अहिलेसम्म कुन नीति लिने भनेर स्पष्ट नपारेको रास्वपाले महोत्तरीको गौशाला बैठकबाट विधानको प्रस्तावना पारित गर्दै आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो ।
विधानको प्रस्तावनामा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको उल्लेख छ ।
पारित गरेको प्रस्तावनामा वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु रहेको उल्लेख छ ।
रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरु संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य संचालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गरेको छ । सबैप्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्वोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा उल्लेख छ ।