देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने

देशान्तर

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट र रुकुम पश्चिममा आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।
राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।