देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जहाज खरिदका विषयमा छानबिन सुरु

देशान्तर

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन सुरु गरेको छ । जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा सोमबार उजुरी परेको थियो ।
उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयले जनाएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ । निगमले तीन ‘स्टल’ विमान खरिदका लागि ३५ दिने सूचना निकालेको छ । सूचनाअनुसार आउँदो डिसेम्बर ५ तारिखसम्म आवेदन दिइसक्नुपर्नेछ ।