देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीमा विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव दर्ता

देशान्तर

काठमाडौं । कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।
एमाले र राप्रपाका प्रदेशसभा सदस्यहरूले कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा व्यवस्था गरेको खर्च कटौतीको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका हुन् । उनीहरूले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव दर्ता गरेका हुन् ।
बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज विहान ११ बजेसम्मका लागि समय दिएको थियो ।
एमालेका ६ र राप्रपाका २ प्रदेशसभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।
मुख्यमन्त्री केदार कार्कीले अर्थमन्त्रीको हैसियतमा तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेटमा ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएका छन् ।
बुधबार दिउँसो १ बजे बस्ने बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी छ ।