देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी

देशान्तर

काठमाडौं । भारतविरुद्धको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ ।

मंगलबार राति भारतको गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गरे। सतकिय पारी खेलेका गेलेन १ सय ४ रनमा अविजित रहे । त्यस्तै, ट्रविस हेडले ३५ रनको योगदान दिए । कप्तान म्याथ्यु वेडले २८ रन जोडे ।

भारतका रवि विष्नोईले दुई तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक÷एक विकेट लिए ।

भारतका ऋतुराज गायकवाडले एक सय २३ रनको शतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।

त्यस्तै, कप्तान सूर्यकुमार यादव र तिलक बर्माले क्रमशः ३९ र ३१ रन बनाए ।

अष्ट्रेलियाका जेसन बेहरनडोफ, केन रिचर्डसन र आरोन हाड्लीले समान एक/एक विकेट लिए ।