देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा

देशान्तर

तीन वर्षपछि बार्सिलोनाले च्याम्पियिन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ । मंगलबा राति घरेलु मैदानमा पोर्टोलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

बार्सिलोनाले सन् २०२०÷२१ को सिजन पछि पहिलो पटक नकआउट चरणमा स्थान बनाएको हो । समूह एचमा रहेको बार्सा पाँच खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९ – ९ अंक छ । 

बार्सिलोनाले पोर्टोमाथि पुनरागमन जित दर्ता गरेको थियो । १ गोलले पछि परेको बार्सिलोनाले जित निकाल्न सफल भयो । खेलको ३० औं मिनेटमा पोर्चुगिच क्लबका लागि ब्राजिलियिन विंगर पेपेले गोल गरेका थिए । १ गोलले पछि परेको बार्सिलोनाले लगत्तै बराबरी गरेको थियो ।

३२ औं मिनेटमा जोवाओ कान्सेलोले गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । ५७ औं मिनेटमा जोवाओ फिलिक्सले गोल गर्दै अग्रता २–१ बनाए ।

त्यही अग्रता नै अन्तिमसम्म कायम राख्दै बार्सिलोनाले जित निकाल्न सफल भयो ।