देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले अध्यक्ष ओली आज बैतडी जाने

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्।

एमालेले मंसिर १४ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग (झुलाघाट–चिवाभञ्ज्याङ) पदयात्रामा सहभागी हुन मंगलबार साँझ धनगढी गएका थिए ।

एमालेले तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटन ओलीले नै गर्नेछन् । जसका लागि उनी धनगढीबाट आज बैतडी पुग्ने उनको सचिवालयले जनाएको छ ।

उनीसँगै एमाले उपाध्यक्षहरु ईश्वर पोखरेल, विष्णु पौडेल सहितका शिर्ष  नेताहरू पनि बैतडी जाने भएका छन् । एमालेले सो पदयात्रालाई सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिने भन्दै आएको छ ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ ।