देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतान्त्रिक खेलकुद संघले भन्यो– ‘राखेप चुस्त दुरुस्त भएन’

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले राखेपको कार्यशैली प्रति प्रश्न उठाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले राखेपको काम चुस्त दुरुस्त पार्नका लागि पटक पटक ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको भन्दै पुनः युवा तथा खेलकुदमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले अब पनि छलफलबाट समस्या समाधान नभए सशक्त प्रतिकार गर्ने निर्णय गरेको जानकारी दिए ।

यसैगरी बैठकले संघको अधिवेशन सम्बन्धमा प्रदेश र केन्द्रीय तहमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।
संघको कार्यलाई चुस्तदुरुस्त बनाउनका लागि कार्यसम्पादन समिति गठन गर्ने तथा संघको केन्द्रीय कार्यालय स्थापना गर्ने निर्णय पनि गरिएको महासचिव सुवोध प्रधानले जानकारी दिए ।

यो सँगै संघको आयोजनामा मैयादेवी यू १९ क्रिकेट प्रतियोगिता पुष २२ गतेदेखि सञ्चालन गर्ने,गणेशमान स्मृति चे प्रतियोगिता चैत २० गतेदेखि गर्ने लगायतको निणर्य बैठकले गरेको छ ।