देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं र चितवनले बराबरी खेल्दै अंक बाँडे

देशान्तर

काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को खेलमा काठमाडौं रेर्जर र चितवन एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

मंगलबार भएको खेलमा चितवन एफसी र काठमाडौं रेर्जसले एक-एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

चितवनका लागि विमल घर्तिमगरले गोल गरेका थिए भने काठमाडौंका लागि एनकेनगुए जुनियरले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८६ औं मिनेटमा चितवनले गोल गर्दै खेलमा अग्रता बनाएको थियो । खेलको अतिरिक्त समयमा काठमाडौं बराबरी गोल गर्न सफल भयो ।

दुई खेलबाट काठमाडौं ४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ भने चितवनको १ अंक छ । काठमाडौंले पहिलो खेलमा इलामलाई हराएको थियो भने चितवन पहिलो खेलमा पोखरा थण्डर्ससँग पराजित भएको थियो ।