देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुरुङमा फसेका ४१ जनाकै सफलतापूर्वक उद्दार

देशान्तर

भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकालिएको छ ।

उनीहरुलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो ।

१७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर निकाल्न साढे २ घण्टाको समय लागेको थियो । सुरुङबाट निस्किएका सबै कामदारहरुलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले माला लगाएर स्वागत गरेका थिए ।

त्यसपछि मुख्यमन्त्री धामीले लामो समय उनीहरुसँग कुराकानी गरी उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

उनीहरुको उपचारका लागि त्यहाँ ४१ शैयाको छुट्टै वार्ड बनाइएको छ । स्वास्थ्यकर्मीको टोलीले श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको छ । सुरुङबाहिर पर्खिरहेका मजदुरका परिवारले सबै बाहिर निस्किए पछि त्यहाँ उपस्थित सैनिक र जनतालाई मिठाई बाँडिएको थियो ।

१७ दिनसम्म चलेको उद्दार अभियानमा ड्रिल मेसिन धेरै पटक बिग्रिएका कारण उनीहरुको उद्दारमा ढिलाई भएको थियो । उनीहरु सकुसल बाहिर निस्किए पछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले प्रमुखताका साथ खबरलाई स्थान दिएका छन् ।