देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकियो

देशान्तर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मंगलबारसम्म २२ प्रतिवादीको बहस सकिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको उच्च अदालत पाटनमा पुनरवलोकन निवेदनमाथिको गत सातादेखि जारी सुनुवाइमा मंगलबारसम्म २२ प्रतिवादीको बहस सकिएको हो ।
उनीहरूको बहस सकिएसँगै अब भोलिदेखि सरकारी वकिलका तर्फबाट बहस हुने छ । बुधबार सरकारी वकिलको बहस सकिएपछि बिहीबार अभियुक्तका वकिलले जवाफी बहस गर्ने छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी वकिलसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तालई पुर्पक्षका लागि धुनामा पठाउन आदेश गरेको थियो ।