देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दुई नेताबिच भेटवार्ता भएको हो । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका थिए ।
ओली–प्रचण्ड भेटमा संक्रमणकालीन न्यायको अन्त्यका लागि टीआरसी विधेयकको टुंगो, गणतन्त्रविरोधी पछिल्ला आन्दोलन र गतिविधिलगायत समसामयिक घटनाक्रममा छलफल भएको जनाइएको छ ।
त्यस अबसरमा एमाले अध्यक्ष ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबार गद्दी बैठक अवलोकन गरेका थिए ।
सिंहदरबारमा दुई नेताको छलफल सुरू हुनुअघि प्रधानमन्त्रीले ओलीलाई भवनको अवलोकन गराएका हुन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।
ओली प्रधानमन्त्री हुँदा भवनको पुनर्निर्माण कार्य सुरू भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्ष केही दिनअघि मात्र यहाँ सारिएको थियो ।