देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनानी संघ,भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्ष नियुक्त

देशान्तर

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा) लाई मंगलबार नियुक्त गरेका छन् । नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी सभापति देउवाले दाहाललाई संघको अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो । 

त्यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।