देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनएसएलमा आज चितवन र काठमाडौं भिड्दै

देशान्तर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज काठमाडौं रेजर्स एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोलीले यस सिजनमा आफ्नो दोस्रो खेल खेल्दैछन् । खेल काठमाडौंको दशरथ रंगशालामा साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ । 

काठमाडौंले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १–० ले हराएर विजयी सुरुवात गरिसकेको छ । रेजर्सलाई बालगोपाल महर्जनले प्रशिक्षण गराएका छन् । 

उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने शनिबार भएको पहिलो खेलमा पोखरा थण्डर्ससँग १–० ले पराजित भयो । 

पहिलो खेल जित्दै ३ अंक जोडेको रेजर्स र चितवनबीच आज प्रतिस्पर्धा हुँदैछ ।

चितवनले अघिल्लो सिजनमा ६ खेल हारेको थियो । अहिलेसम्म चितवनले पहिलो र दोस्रो  संस्करणमा  गरी ७ खेल खेल्दा एकमा पनि जित आत्मसाथ गर्न सकेको छैन ।