देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हम्बनटोटा बन्दरगाह चिनियाँ उर्जा कम्पनी सिनोपेकलाई 

देशान्तर

श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न अनुमति दिएको छ । 

सिनोपेक यस वर्ष जुलाईमा श्रीलंकाको बजारमा प्रवेश गरेको थियो । यसको आगामी प्लान्ट श्रीलंकाका लागि ४.५ बिलियन डलरको सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी (एफडीआई) हुने उर्जामन्त्री कञ्चना विजेसेखेराले बताइन् । मन्त्रिपरिषद्ले सोमबार चीनको सिनोपेकलाई हम्बनटोटा बन्दरगाहमा नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न स्वीकृति दिएको हो ।

हम्बनटोटा कोलम्बो बन्दरगाह पछि श्रीलंकाको दोस्रो ठूलो बन्दरगाह हो । यो बन्दरगाह २०१० मा खोलिएको थियो र सन् २०१७ देखि श्रीलंका बन्दरगाह प्राधिकरण र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाह समूह भनेर चिनिने चाइना मर्चेन्ट पोर्ट्स बीचको संयुक्त लगानीमा व्यवस्थापन गरिएको छ ।

यो बन्दरगाह चीनको एक्जिम बैंकले व्यावसायिक ऋणमा निर्माण गरेको हो । श्रीलंकामा चीनको ठूलो लगानी सरकारी स्वामित्वको चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सलाई २०१७ मा हम्बनटोटा बन्दरगाहमा ९९ वर्षको भाडामा र कोलम्बो बन्दरगाहमा लजिस्टीक र भण्डारण हब निर्माण गर्न अर्को मिलियन सम्झौता गरिएको थियो ।