देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेनाल्टीमा चुक्दा पनि झापामाथि स्पोर्टिङ इलाम विजयी

देशान्तर

नेपाल सुपर लिग एनएसएलमा नवप्रवेशी क्लव स्पोटिङ इलाम विजयी भएको छ । सोमबार भएको खेलमा स्पोर्टिङ इलामले अर्को नवप्रवेशी क्लव झापा एफसीलाई अन्तिम समयमा गोल गर्दै विजयी भएको हो । इलामका लागि अमाथ एडनले निर्णायक गोल गरेका हुन् ।

उनै अमाथले खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको पेनाल्टी प्रहार पोष्टमाथि बाट बाहिरिएको थियो । पेनाल्टी अघि झापाका गोलरक्षक सर्बियाका क्युपिकले माइड गेम खेलेका थिए । झापाका योगेश गुरुङले इलामका भरत खवासलाई बक्सभित्र लडाएपछि रेफ्रिले इलामलाई पेनाल्टीको अवसर दिएका थिए ।

तर खेलको ८७ औं मिनेटमा इलामले विजयी गोल गरे । पेनाल्टी मिस गरेका इलामका अमाथ एडनले गोल गरेका हुन् । भरत खवासको पासमा अमाथले गरेको प्रहारलाई झापाका गोलरक्षकले रोक्दा बाउन्समा आएको बलमा अमाथले कुनै गल्ति गरेनन् ।
यसअघि खेलको ६९ औं मिनेटमा इलाम एकै पटक तीन मौका गुमाएको थियो ।

इलामका अब्दुल्लाहको पहिलो प्रहार पोलमा लागेर फर्किएको बलमा बक्सभित्रबाट कामराको प्रहार झापाको गोलरक्षक क्युपिकले पन्च गरेको रिबाउन्ड आएको बलमा दिपेश घलेको प्रहारलाई पुन क्युपिकले पन्च गर्दै बललाई बाहिर पठाए । झापाको प्रहारलाई पनि इलामका खेलाडीलाई विफल पारेका थिए ।

पहिलो हाफमा पनि दुवै टोलीले गोलका अवसर सृजना गरेपनि सफल हुन सकेनन् । यसअघि इलाम पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेर्जससँग पराजित भएको थियो ।