देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आचार्य श्रीनिवास पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट ’धर्मगुरू’ का रुपमा चिनिएका आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । दुर्गा प्रसाईं समूहले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गरेका थिए ।

उक्त प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए ।
प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरूद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो । सो क्रममा आचार्य श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आचार्य श्रीनिवासलाई नियन्त्रणमा लिएर गौशाला प्रहरीमा राखिएको छ । उनीमाथि मुद्दा चलाउने प्रहरीको तयारी छ ।