देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यवस्थालाई पछाडि फर्काउने कोसिस भैरहेको छ : ‘प्रचण्ड’

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थालाई पछाडि फर्काउने कोसिस गरिएको बताएका छन् । छैटौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले देशमा अराजकता निम्त्याउने कोसिस गरिएको बताए ।

उनले विश्वमा नेपालको हक, अधिकार स्थापित गर्ने अभियानमा आफूहरू रहेको भन्दै संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको समस्या भयानाक हुँदै गएको आफूले बताएको उनले उल्लेख गरे ।
दुबईमा हुने कोप–२८ मा आफू अधिकार स्थापित गर्न जान लागेको बताए । उनले संविधानमा व्यवस्था भएअनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले सुरुवाती चरणमा कोषमा सूचीकृत योगदानकर्ताले मात्रै स्वास्थ्योपचार लगायत अन्य सुविधा प्राप्त गर्ने व्यवस्थामा थप गर्दै योगदानकर्ताका परिवारलाई पनि स्वास्थ्य उपचार सुविधा दिने गरी गृहकार्य भइरहेकोमा आफूलाई खुसी लागेको उल्लेख गरे । उनले स्वास्थ्यमा सबैको सहज पहुँच पु¥याउन यसप्रकारका कार्यक्रम एक उत्कृष्ट नमुना बन्ने विश्वास व्यक्त गरे ।