काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजकत्वमा गठित लेखा समितिमा चार जना सदस्य मनोनित गरेका हुन् ।
मनोनित हुनेमा धनुषाका दिलिप ढुंगाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्की रहेका छन् ।
गत वर्ष साउन २ मा लेखा समितिको संयोजकमा घिमिरे मनोनित भएका थिए ।
प्रतिक्रिया