काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गरेर जाजरकोट गएको केन्द्रीय सदस्य प्रदीप पौडेलको टोली फर्किएको छ ।
कांग्रेसले नलगाढ नगरपालिका ५ मा दक्ष मिस्त्रीहरूको नेतृत्वमा, स्वयंसेवक र स्थानीय समुदायको सहभागितामा एक सय घर टहरा निर्माणको आधारभूत कार्य सम्पन्न गरेर फर्किएको हो ।
भूकम्प प्रभावितलाई एक हजार अस्थायी आवास निर्माण गरिदिने कांग्रेसको निर्णयअनुसार अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नेतृत्वमा अर्को टोली पुगेर काम थालिसकेको छ ।
टहरा निर्माणका लागि ठूलो जनशक्ति आवश्यक रहेको हुँदा स्वयंसेवी भूमिका लागि उत्साहित हुने गरी सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने नेता पौडेलको भनाई छ ।
जाजरकोटाबाट फर्किएपछि पौडेलले चिसो मौसमबाट नागरिकलाई जोगाउन न्यानो लत्ता कपडा, ब्लाङकेट, टेन्ट लगायतका सामाग्री तत्कालै व्यवस्था गर्नुपर्ने र सरकारले घोषणा गरेको ५० हजार रुपैयाँ राहत तत्काल उपलब्ध गराउन आवश्यक भएको बताएका छन् । जिल्लाका कतिपय बस्ती अति जोखिममा रहेका कारण त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न योजना निर्माण गर्नुपन अबस्यकता रहेको उनले बताए ।
प्रतिक्रिया