देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देश कांग्रेसले सम्हाल्छ : महामन्त्री गगन

देशान्तर

काठमाडौं । महासमिति बैठकको सन्निकट रहेको नेपाली कांग्रेसको अहिले बिभिन्न जिल्लाहरुको सम्मेलन भैरहेको छ । ति जिल्ला सम्मेलनमा पुगेका नेताहरुले अब कांग्रेसको आन्तरिक जीवन संगै देशको अबस्थालाई पनि कांग्रेसले मात्र संहाल्ने दाबी गरेका छन् । कांग्रेसलाई बलियो पनि बनाउनु पर्ने देशलाई सहाल्नु पर्ने अबस्था आएकोले नबरालिन र न आत्तिन तर सुधारका लागि तात्तिन कार्यकर्ताहरुलाई आग्रह गर्ने गरेका छन् ।


बिशेष गरि अहिले भैरहेका जिल्ला सम्मेलनमा पुगेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्न लागे फेरि अर्को जुनी खेर जाने भएकाले कसैको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताउदै गल्ती कमजोरीहरूलाई सच्याउनु पर्ने तर गल्तीको भारी व्यवस्थालाई बोकाएर नहुने बताएका छन् ।
थापाले नेपाली कांग्रेसले मुलुकको बिग्रिएको अवस्थालाई सम्हाल्ने भन्दै नबरालिन कार्यकर्तालाई आग्रह गर्दै हिडेका छन् । नवलपरासी , गुल्मी अर्घाखाची लगायतका जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले महासमितिको बैठकबाट कांग्रेसले महत्वपूर्ण निर्णय लिने बताउदै माथितिर फर्केको काग्रेसलाई तल तिर फर्काएर कांग्रेसलाई परिवर्तन गराएरै छाडने भनेर आश्वस्त पार्दै हिडेका छन् ।


पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले राजतन्त्र फर्काउन मन भए पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका पनि छन् । उनले पूर्वराजाले जुवाको खालमा च्याँखे थापिरहेको टिप्पणी गरे । नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने उनको भनाई थियो । गणतन्त्रमा गणतन्त्रमाथि नै प्रश्न उठाउन, गणतन्त्र चाहिँदैन भन्न र गणतन्त्र फाल्छु भन्न पाइने भन्दै उनले सरकार आत्तिन जरुरी नभएको बताए ।