देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यवस्थै त बदलिन्न तर …गुरुले एउटा कविता सम्झे



गुरु अचेल निकै दिनको अन्तरालमा भेटिन्छन् । एकदिन अचानक न्युरोडमा भेटिए । उनी हतारमा थिए । मैले उनको हात समाउँदै भनें किन गुरु यस्तो हतार ?
गुरुले भने, देख्दैनौ आन्दोलन गर्दैछन् ? मैले भने, आन्दोलन छ भने झन् केको हतार ? आरामले जानुस् न ।
गुरु यस पटक मुसुक्क हाँसे, मूर्ख मलाई आन्दोलनमा जाने हतार होइन, घर जाने हतार हो ।
त्यसो भए, तपाईं डराएर जान लाग्नु भएको हो ? होइन, बाबु डर होइन तर भनिन्छ नि हूलमूलमा जीउ जोगाउनु, त्यही उखानको सम्झना भयो । त्यसकारण, उखानको मान राख्न हतार गरेको हुँ ।
मैले भनें, तै पनि आन्दोलनबारे केही प्रकाश त पारिदिनहोस् ?

गुरु अब अलिक होलो देखिए । उनले भने यस्तै कसैले सोइला भनेर म हतारिएको हुँ । यसको व्याख्या म गर्न असमर्थ छु । पूर्व एमाले व्यक्तिले आफ्नो पूर्व पार्टीसँग किन सिंगोरी खेल्न खोजेको मैले बुझ्न सकेको छैन । कुनै बेला बुवा हजुरबुवा आदिको नाता पनि थियो रे । अब के भएछ ? मार्सीको भात ख्वाएको भन्ने पनि भनिएको छ । भात मात्र हो कि नुनिलो पदार्थ ख्वाएको हो ? यो थाहा पाउन चाहन्छु । सम्भवतः भात ख्वाए तरकारी आफैंले खाएछन् कि ? त सोझो गरियो कि गरिएन यो जान्नुपर्ने छ । दुर्गा प्रसाईंलाई मेडिसिन कारोबारी भन्नेको भन्यै छन् । यता फेरि आन्दोलनका अभियन्ता पनि भनिएको छ । यो अलि जटिल कुरा छ । दुर्गा प्रसाईंलाई म चिन्दिनँ तर एक व्यक्तिले पूरा संयन्त्र कसरी हल्लाउन सक्यो यो फेरि जानिन महिलाहरूलाई आधा रातमा किन दुःख दिइयो ? हिँडडुल गर्न त पाइन्छ नि त, मनलाग्दो ठाउँमा ? निद्राको क्षेत्र निषेधित क्षेत्र हुँदैन । हुन सक्छ उनीहरू निषेधित क्षेत्रमा निदाएका छन् । उठाइदिए हिँडाइदिए । भन्न त भनिएको छ, तर जसलाई भनिएको छ त्यसको अस्वीकार छ । यस्तोमा कसरी खोज्ने ? यो कहिल्यै पत्ता लाग्ला ? मलाई त्यस्तो लाग्दैन । झडप पनि भएकै छ । बेग्लाबेग्लै क्षेत्र तोकेपछि, प्रहरी नै अघि आयो जस्तो छ । झडपका लागि कारण यस्ता पनि ठ्याम्मै झडप नहुनु त अलि संस्कृतिविरुद्ध हुनेजस्तो होला ।
यतिका बुझ्न नसकिने कुरा धेरै छन् । एकथरी अवस्था बदल्न आन्दोलन गर्दैछन्, अर्काथरी व्यवस्थै बदिलिन चाहन्छन् । व्यवस्थै त बदलिन्न तर यहाँ त अवस्थै बदलिए पनि धेरै हुन्थ्यो ।
यति भनेर एकैछिन अडिएका गरु फत्किहाले । म यी गुरु के हुन्, भनेर सोचिरहेँ र गुरुलाई हेरिरहेँ जो अब निकै पर पुगिसकेका थिए ।

टिकटक बन्द भयो रे । गुरुले भने, त्यो त केही सेकेन्डको मात्र हुन्छ, त्यसले कति हानि गर्ला ? हुन त जिरे वा अकबरे खुर्सानी पनि सानै हुन्छ तर, एक विज्ञापनअनुसार बबाल पीरो छ, हुन्छ । अर्थात् हुन सक्छ, गुरुलाई टिकटकबारे धेरै ज्ञान नहोस् । सरकारलाई धेरै ज्ञान रहेछ, त्यसैले बन्द गरिदियो । गुरुको भनाइ थियो । यो सरकार केही छैन तै पनि के सित डराएको हो ? उसका लागि नियमनको अर्थ नियन्त्रण होस् । नियन्त्रण पनि यस्तो उस्तो किन, बन्दै गरिदियो आनन्द । गुरुले भने, म त टिकटक हेर्दिनँ । कहिलेकाहीँ ससाना केटाकेटी गाएको नाचेको उनका आमाबाबु देखाउँछन्, त्यही हेर्छु । मलाई थाहा थिएन, यसको राजनीतिक उपयोग पनि हुन्छ । अझ त्यति हुँदो रहेछ जसले सरकारै डराओस् । भन्न त हालका लागि भनेजस्तो लाग्छ । तर यो हाल भने कति समयको हो, अज्ञात छ । सके सरकारलाई पनि ज्ञान छैन । जुन क्षण खोल्यो, त्यही क्षण सरकारको डरको कारण उत्पन्न हुन्छ ने खोल्नु किन ? सरकार यही सोच्दो हो । कानुनविद् सारा भन्दैछन् यो गैरकानुनी हो, गैरसंवैधानिक हो, तै पनि… सरकारलाई कानुन तोड्ने कानुनी अधिकार छ कि जस्तो लाग्यो । अब कति दिन अदालतको फैसलाले त सरकारलाई पुनः भयले सताउने होला ? त्यो पनि हेरुँ न त ?

गुरुसँग यो अर्काे भेट थियो । उनी धुपस्नान गरिरहेका थिए । उठेर बसे । भने आज कसरी झुल्क्यौं बाबु ? तिमी त जहिले आउँछौ प्रश्नको पेटारो लिएरै आउँछौं । मैले भनेँ गुरुको उत्तर सुन्न मज्जा लाग्छ त्यसैले गुरु । गुरुले भने मेरो उत्तर के सुन्छौ बाबु, राजनीतिज्ञहरूको गफ सुन, जुन उनीहरू भाषण दिँदा गर्दछन् । प्रत्येक पार्टी हामी नै लोकतन्त्र बचाउन सक्छौं भन्छन् । यसको अर्थ त के हुन्छ भने हाम्रा सारा राजनीतिज्ञ महान छन् । कोही भन्दैन मबाट यो गल्ती भयो कोही भन्दैन मलाई अलिकति सत्ताको मोह छ, कोही भन्दैन, मैले सारा ठाउँमा मौका पाउनासाथ भरिभराउ गरिदिने गरेको छु । सब भन्छन्, मेरो मान्छे कोही छैन । सब मेरा मान्छे हुन् । पद दिँदा यिनै मानिसमध्येबाट योग्यताअनुसार दिन्छु । हाम्रो मान्छे होइन, राम्रो आउनुपर्छ, त्यो म ल्याउँछु । ल्याउँदा त्यही हुन्छ, हाम्रो मान्छे नै राम्रो मान्छेमा परिणत हुन्छ के गर्ने यस्तै छ देश यसैगरी चल्छ । चल्छ कि चल्दैन, कसैलाई थाहा छैन । यति असल महा्न नेताहरू पाएपछि देश किन चल्नु ?
चलिरहेकै छ । अलिकति के भएको छ कुन्नि ? अवस्था खराब हो कि अन्य कुरोको पेच खुल्नेछ । हामी त के जान्नु ? देश भने कस्तो हुँदै गएको छ, कतातिरबाट भएको छ म के बताउँ ? गुरुलाई एउटा कविताको पंक्तिको सम्झना भएछ । उनले भने हिन्दीका एक ठूला कवि कैलाश बाजपेयीको कविताको केही पंक्ति सम्झेँ मैले त बताउँ है ?
उनले बताए
आजादी सिल कि तरह
ऐसी गिरी हम पर
कि चिपक गया है सारा देश ।