काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको नभएर वर्तमान नेताहरूको विकल्प खोजिरहेको बताएका छन् ।
दुर्गा प्रसाईंको आन्दोलन पनि त्यसको ज्वलन्त उदाहरण रहेको उनको भनाई छ । आन्दोलन आम जनताको राजनीतिक दल र सरकारप्रतिको निराशाको उपज रहेको लामिछानेले बताएका हुन् ।
रौतहटमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेकै कारण यस्तो समस्या उत्पन्न भएको बताए ।
संसारको उत्कृष्ट व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोध नभै सुधार गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो । लामिछानेले एउटै व्यापारी बैंक सञ्चालक, बिमा सञ्चालक र उद्योग सञ्चालक भएकाले पनि देशको अर्थतन्त्र धराशायी भएको जिकिर गरे ।
प्रतिक्रिया