काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले राजावादीलाई राजावादी नभएर आफूहरुको आन्दोलनमा राष्ट्रवादी भएर नेपालको झण्डा बोकेर आउन आह्वान गरेका छन् । शनिबार राजधानीको सिफलमा आयोजित प्रदर्शनका क्रममा बोल्दै उनले नेपालको झण्डामुनि गोलबद्ध भएर भ्रष्टाचार र गरिबीविरुद्ध लड्नुपर्ने बताएका थिए । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।
उनले नेपालीको एक सय वर्ष आन्दोलनमा गएको बताए । उनले अबको समय विकास र समृद्धिको रहेको भन्दै सबै नेपाली राष्ट्रवादी बन्न जरुरी रहेको बताए । प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।
प्रतिक्रिया