काठमाडौं । नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवनलाई १–० गोल अन्तरले ले पराजित गरेको हो ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखराको जितमा विदेशी खेलाडी मोसेस ग्याबा त्वामले गोल गरे । जितसँगै लिगमा पोखराले ३ अंक जोडेको छ ।
खेलमा म्यान अफ दि म्याच पोखराका दिनेश राजवंशी भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतिक्रिया