फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।
दशरथ रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले नव प्रवेशी टिम स्पोर्टिङ इलाम एफसीलाई पराजि गरेको छ ।
काठमाडौंले इलामलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा विजयी गोल निस्किएको थियो । ५१ औं मिनेटमा काठमाडौंका लागि राजिव लोप्चनले गोल गर्दै अग्रता दिलाएका थिए । इलामका गोल रक्षक विकेश कुथुले गल्ती गर्दा राजिवले गोल गरेका थिए । सोही गोलकै अग्रता अन्तिमसम्म कायम राख्दै काठमाडौंले विजयी सुरुआत गर्न सफल भएको हो ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सांगितिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा सुरु प्रतियोगिताका टिमहरु नेपालका ९ सहरबाट बनाइएको छ । प्रतियोगिता काठमाडौ रेजर्स, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, चितवन एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, स्पोर्टिङ इलाम, झापा एफसी, वीरगंज सिटी एफसी छन् ।
प्रतियोगिताका सबै खेल काठमाडौंको दशरथ रंगशालामा हुने छ । एनएसएलको पहिलो संस्करण सन् २०२१ मा भएको थियो । कोरोना महामारीका बेला बन्द रंगशालाभित्र भएको प्रतियोगिता यस पटक भने दशर्ककको उपस्थितिमा सुरु भएको हो ।
प्रतिक्रिया