काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताएका छन् ।
वीरगञ्जमा आयोजित एउटा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले आफूलाई लागेको कुरामा विरोध गर्न पाउने अधिकार संविधानले नै दिएको स्मरण गराएका हुन् ।
दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गर्दै उनले मिटरव्याज पीडित, लघुवित्त, सहकारी पीडित, जसले, जहाँबाट, जुन कोणबाट भुइँमा रहेका मान्छेको आवाज उठाउँछ, त्यसको राज्यले सम्मान गर्नुपर्ने बताए । निषेधको राजनीति लामो समय नटिक्ने उनको भनाई थियो ।
प्रतिक्रिया