काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ । प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने बताएको छ ।
यसैबीच प्रसाईंलाई नजरबन्द गरिएको र उनको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएको छ । आफूलाई लोकतान्त्रिक दाबी गर्ने सरकारले अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको राप्रपाको आरोप छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारको विरोध गरेका छन् । धरपकड र दमनले समस्याको समाधान नगर्ने भन्दै उनले सरकारले आफूलाई तत्काल सच्याउन माग गरेका छन् ।
प्रतिक्रिया