काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईको भक्तपुर स्थित निवासमा नेपाल प्रहरीको स्पेसल टाक्स फोर्स परिचालन गरिएको छ ।
आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पनि उनलाई प्रहरीले निगरानीमा राखेको हो । आज तीनकुनेमा सो अभियानले प्रदर्शन गर्ने तयारी गरे पनि काठमाडौँ प्रशासनले रोक लगाएको थियो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारीले प्रसाईंकै सुरक्षाका लागि उनलाई निगरानीमा राखिएको बताएकी छिन् । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो । उनले प्रसाईलाई नजरबन्दमा राखिएको समाचार गलत भएको बताइन् ।
यसैबीच प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् । शुक्रवार बिहान आफ्नै घरमा जम्मा भएका केही सञ्चारमाध्यमसँग कुरा गर्दै प्रसाईले आफ्ना लागि आन्दोलन नगरी नागरिकका लागि गरेको दाबी गरे ।
प्रतिक्रिया