देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ दिल्लीको प्रदुषणस्तर निकै खराब

देशान्तर

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ । जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्ट रूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ । नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ ।

नयाँ दिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट दूर (टाढा) जान विज्ञहरुले सुझाव दिएका छन् । यदि दिल्लीभन्दा टाढा जान नसक्नेहरुले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् । 

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)को एयर बुलेटिन अनुसार बिहीबार राजधानीको एक्यूआई ३९० थियो । राजधानीका धेरै ठाउँमा प्रदूषणको अवस्था गम्भीर छ । सबैभन्दा प्रदूषित स्थानहरूमा, अलीपुरको एक्यूआई ४२३, पंजाबी बाग ४२५, नेहरू नगर ४२८, सोनिया विहार ४२०, जहाँगीरपुरी ४३४, रोहिणी ४२०, विवेक विहार ४२४, वजिरपुर ४३१, बवाना ४४४ थियो । राजधानीका १५ स्थानमा प्रदूषणको स्तर निकै माथि पुगेको छ ।

भातरको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण अनुसार नोभेम्बर २४ (आज) पनि प्रदूषणको स्तर निकै खराब रहन सक्छ ।