देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘प्रचण्ड’ नसच्चिए प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने बस्नेतको चेतावनी

देशान्तर

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुलाई निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका छन् । तीनकुनेमा युवा संघको आयोजना गरेको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै आजबाट दुर्गा प्रसाईंको हावा खुस्किएको टिप्पणी गरे ।
बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसच्चिए नेकपा एमालेले प्रधानमन्त्रीको कुर्सीबाट माइतीघर वा तीनकुनेमा लगेर पछार्ने चेतावनी दिए ।
उनले गणतन्त्रमाथि आक्रमण हुँदा एमाले सबैभन्दा पहिले प्रतिरोधमा उत्रिएको दाबी समेत गरे । बस्नेतले दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी पनि दिए । उनले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताए । उनले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताए । साथै उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताए ।
उनले प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले प्रसाईमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे ।