देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१६ उत्कृष्ट करदातालाई सम्मान

देशान्तर

काठमाडौं । सरकारले कर दिवसको दिन पारेर राज्यलाई सबैभन्दा धेरै कर तिर्ने १६ उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।
धेरै आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड परेको छ । धेरै निर्यात गर्नेमा डाबर नेपाल रहेको छ । विशेष उद्योगमा धेरै कर तिर्नेमा एशियन पेन्ट्स पुरस्कृत भएको छ । धैरे कर तिर्ने बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । सूर्य नेपाल पनि उत्कृष्ट करदाताको सूचीमा छ ।
बीमातर्फ धेरै कर तिर्नेमा एलाआईसी नेपाल परेको भने सहकारीमा धेरै कर तिर्ने तर्फ छिमेक लघुबित्त रहेको छ । कृषिमा धेरै कर तिर्ने कम्पनीमा ओसीबी फिड एण्ड फिड्स प्रालि रहेको छ ।

शिक्षातर्फ धेरै कर तिर्नेमा नेपाली कांग्रसका संसद एवं मेडिकल व्यवसायी सुनील शर्माको नोबेल शिक्षण अस्पताल परेको छ । भने पर्यटनतर्फ मनकामना केवलकार धेरै कर तिर्ने कम्पनीमा परेको छ । वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज लिमिटेड, उर्जातर्फ भोटेकोशी उर्जा कम्पनी, रेमिटान्सतर्फ आईएमई रेमिटान्स परेको छ । व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् ।