देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प पीडितहरूलाई सहयोग जुटाउन भक्तपुर काँग्रेस सकृय

देशान्तर

भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन पाँच सदस्यीय समिति गठन गरेको छ । उपसभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
जिल्ला सचिव शुशिल बस्नेतका अनुसार सहयोग गर्न चाहनेहरूलाई मोबाइल नम्बर ९८५१०४६३१४ र ९८५१२३००८० मा सम्पर्क राख्न अनुरोध गरिएको छ । सूर्यविनायक नगर सभापति निशान ढुंगेलले भक्तपुरका कांग्रेस नेताकार्यकर्ता मात्र नभई शुभेच्छुक समेतले सहयोगको हात अघि बढाउने बिश्वास व्यक्त गरेका छन् ।


नेपाली काँग्रेस केन्द्रीय कार्यालयको बैठकले सबै जिल्लाका सभापतिहरूलाई सहयोग संकलन गर्न दिएको निर्देशन बमोजिम बैठक बसेको र सहयोग संकलन कार्यलाई व्यवस्थित बनाउन समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा कार्यालय सचिव रूद्र प्रसाद ढुंगाना रहेका छन् । बुधबार बसेको बैठकले जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकमा जिल्लास्थित केन्द्रीय सदस्यहरु, बागमती प्रदेशका सदस्यहरु त्यसैगरी प्रदेश, क्षेत्र तथा नगरका सभापतिहरु, भातृसंस्थाका सभापतिहरु र जिल्ला पदाधिकारीको उपस्थिति रहेको थियो ।