काठमाडौँ । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड अनुदान स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुदान स्वीकृत गरेको हो । यसैगरी बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । भने सुन तस्करी जाँच बुझ गर्न गठन भएको आयोगमा थप चार जना कर्मचारी थप्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
बैठकले राजपत्राङ्कित द्वितीय श्रेणी, सरकारी वकिल, राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्राङ्कित तृतीय डाटा एनाइलाइटिस्ट जनशक्ति थप गर्ने निर्णय गरेको हो । यसैगरी मन्त्रिपरिषद्ले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा र नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत गरेको छ ।
प्रतिक्रिया