काठमाडौं । काठमाडौंको माइतीघर आसपासका क्षेत्रमा निषेधाज्ञाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो मंसिर महिनाभर माइतीघर आसपाको क्षेत्रमा सभा, जुलुस गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध अधिवक्ताहरू भद्रप्रसाद नेपाल र प्रेमप्रसाद सिलवालले मंगलबार रिट दायर गरेका हुन् ।
भोलि मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले एकसाथ आन्दोलनका कार्यक्रम आयोजना गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रतिक्रिया