देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायल र प्यालेस्टाइनबीच ५ दिने युद्धविराम

देशान्तर

इजरायल । इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको बताइएको छ । अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरु रिहा गर्ने पनि भएका छन् ।

उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सैनिकलाई बन्धकहरूलाई फिर्ता गर्ने काममा प्रगति भइरहेको ब्रिफिङ पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अक्टोबर ७ देखि इजरायल र प्यालेसटाइनबीच लगातार युद्ध भइरहेको छ । यो युद्धका क्रममा १० जना नेपाली पनि मारिएका छन् भने एक जना अझै बेपत्ता रहेका छन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले एक विज्ञप्ति जारी गर्दै नागरिकको रिहाइका लागि बैठक गर्ने र अस्थायी सम्झौतामा बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका साथै पाँच दिनको युद्धविराम समावेश हुने उल्लेख गरेको छ ।

प्यालेस्टाइनको हमासले सुरुमा इजरायलमाथि आक्रम गरेको थियो । बदलामा इजरायलले जवाफी कारबाही सुरु गरेपछि १२ हजार ७ सय  भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । तीमध्ये दुई तिहाइ महिला र बालबालिका छन् । करिब ४०० जना बेपत्ता छन् । हमासको आक्रमणमा करिब १२०० इजरायली मारिएका छन् र करिब २५० जनालाई बन्दी बनाइएको छ ।