काठमाडौँ । न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन सर्वोच्च अदालतमा न्याय परिषद्को छलफल सुरु भएको छ । मंगलबारमको छलफलमा न्याय परिषद्का सदस्यसमेत रहेका कानुनमन्त्री धनराज गुरुङ पनि सहभागी भएका छन् । सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशका लागि कस कसलाई सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति जुट्न नसक्दा सोमबार न्याय परिषद्को बैठक नै बस्न सकेको थिएन ।
आजको छलफलमा परिषद्का सदस्यहरूबिच सहमति भएमा त्यसपछि न्याय परिषद्को बैठक बसेर औपचारिक रूपमा सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्ने तयारी छ ।
प्रतिक्रिया